पोखरामा १८३ औं विश्व फोटोग्राफी दिवस मनाइयो

पाेखरा | भदौ ३, २०७९

पोखरामा १८३ औं विश्व फोटोग्राफी दिवस मनाइयो

 

पोखरा ।  पोखरामा १८३ औं विश्व फोटोग्राफी दिवस मनाइएको छ ।

 

फोेटोग्राफर संघ  गण्डकी र पोखरा फोटोग्राफर संघको सँयुक्त आयोजनामा आज प्रभातफेरी सहित विश्व फोटोग्राफी दिवस मनाएको हो । 

 

सोही अवसरमा फोटोग्राफर संघ गण्डकीको सम्पर्क कार्यालयको उद्घाटन समेत गरिएको छ । 

 

१८३ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा फोटोग्राफर संघको कार्यालय पोखराका टुडाबाट शुरु भएको प्रभातफेरी र्याली मानवअधिकार चोक, चिप्लेढुङ्गा, महेन्द्रपुल हुदैँ दी गार्डेन रेष्टुरेन्टमा पुगेर कोणसभामा परिणत भएको थियो ।

फोटोग्राफर गण्डकीको कार्यालय पोखरा क्षेत्रका पुुराना फोटो तथा भिडियो संकलन सुनिल उलकले कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पोखराका फोटोग्राफर तथा फोटो पत्रकार र फोटोमा अभिरुचीकर्ताहरुको सहभागिता रहेको थियो । 

 

दिवसको अवसरमा राष्ट्रिय मिराज विवाह फोटोग्राफी प्रतियोगिता तथा नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा समेत गरिएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्